Logo
Logo

यस कारण अझै तीन दिन वर्षा




काठमाडौं । भारतको पश्चिमी राजस्थान, पश्चिम बंगाल, झारखण्ड र उडिशा आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरूको आंशिक प्रभाव नेपाल पनि परेको छ । साथै, मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतिर रहेकाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बुधबार (आज) देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा सम्भावना रहेको छ ।

यस्तै, बिहीबार देशभर सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ भने शुक्रबार पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा वर्षा सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्