Logo
Logo

मन्त्रीको नाम टुंगो लगाउन गठबन्धन सक्रिय



काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो ।

स्थायी कमिटी सदस्य गणेश साहका अनुसार अनुसार मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेकाले मन्त्री छनोट गर्न बैठक बोलाइएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको ७० दिन विभिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैनन् । जसका कारण देउवा नेतृत्वको गठबन्धन सरकार आलोचित बन्दै आएको छ ।

प्रधानमन्त्री देउवाले बुधबार परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गर्ने तयारी छ । मंगलबार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले खड्कालाई परराष्ट्र मन्त्री नियुक्ति गर्ने सहमति भएको हो ।

यस्तै, गठबन्धनबीच आ–आफ्ना पार्टीमा छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति भएको थियो । त्यहीअनुसार काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको बैठक आज बस्दै छ । काँग्रेसले पनि दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्