Logo
Logo

देउवा र पौडेलको छुट्टा छुट्टै बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले छुट्टा छुट्टै बैठक बोलाएका छन् ।

प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल नगरि अघि बढ्न खोजेको भन्दै पौडेल पक्षले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् । देउवानिकट नेता नारायण खड्कालाई पार्टीमा छलफल नगरि परराष्ट्रमन्त्री बनाउने तयारी गरेपछि पौडेल पक्ष असन्तुष्ट जनाएको छ । बैठकमा पार्टी महाधिवेशन, क्रियाशील सदस्यता लगायतका विषयमा छलफल हुने पौडेल निकट एक नेताले बताए ।

यस्तै, आसन्न महाधिवेशन, मन्त्रिपरिषद् विस्तार तथा पार्टीको आन्तरिक गतिविधिको विषयमा छलफल गर्न सभापति देउवाले पनि छुट्टै बैठक बोलाएका छन् । देउवा पक्षको बैठक आज दिउँसो ३ बजे बूढानीलकण्ठमा बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्