Logo
Logo

नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा क्षेत्री



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदबाट राजन पोखरेलले राजीनामा दिएपछि राजकुमार क्षेत्री निमित्त महानिर्देशक तोकिएको छ । १२औँ तहका क्षेत्री प्राधिकरणमा उपमहानिर्देशक थिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बरिष्ठताको आधारमा निमित्त महानिर्देशकको जिम्मेवारी दिएको क्षेत्रीले बताए । अनिवार्य अवकास पाउने तयारीमा रहेका पोखरेलले मंगलबार साँझ पदबाट राजीनामा दिएका थिए ।

राजकुमार क्षेत्रीसँग हवाई उड्डयन क्षेत्रमा ३४ वर्ष सेवा गरेको अनुभव छ । उनी २०७४ माघदेखि २०७६ असोजसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धक पदमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्