Logo
Logo

राष्ट्रपतिद्वारा खड्का परराष्ट्रमन्त्रीमा नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी छन् । बुधबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९)बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन् ।

परराष्ट्रमन्त्रीमा नियुक्त भएका खड्काको बुधबार दिउँसो १ जे शपथ लिने कार्यक्रम छ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार खड्काको शपथ कार्यक्रमम एक बजे शीतलनिवासमा तय भएको छ । परराष्ट्रमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेपछि राति ८ः३० बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी न्युयोर्क जाने छन् ।

प्रतिक्रिया दिनुहोस्