गाडीको ठक्करबाट चितुवा मर्यो « Drishti News – Nepalese News Portal
Logo

गाडीको ठक्करबाट चितुवा मर्यो


दृष्टि संवाददाता


मुङलिन । इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ । मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करिब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।

आफुहरुलाई प्रहरीले खबर गरेसँगै मृत चितुवालाई डिभिजन वन कार्यालयलमा ल्याई व्यवस्थापन गरिएको बताए । माउसँग बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको हुनसक्ने उनले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्