Logo
Logo

कांग्रेस वडा अधिवेशन : जो वडामै पराजित भए



काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री बलदेव तिमिल्सिना क्षेत्रीय प्रतिनिधिमै पराजित भएका छन् ।

मंगलबार सिन्धुपाल्चोकमा भएको वडा अधिवेशनमा उनी पराजित भएका हुन् । तिमिल्सिना कृष्णप्रसाद सिटौलानिकट मान्छिन् ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी वडा–३ का तिमिल्सिनाले ७७ मतमात्र पाएका थिए । उनलाई पराजित गर्ने १७ मत बढी पाएका थिए ।

यस्तै पूर्वजिल्ला सभापति भूपेन्द्र थापा क्षेत्रीय प्रतिनिधिमै पराजित भएका छन् । सिन्धु–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष सोनाम थिङस पनि वडामै हारेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उनीहरू बाह्रबिसे नगरपालिका वडा–३ मा पराजित भएको हुन् ।
यस्तै, सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल र सिन्धुपाल्चोक महिला संघकी जिल्ला अध्यक्ष गीता नेपालले पनि क्षेत्रीय प्रतिनिधिमा पराजित भएकी छन् ।

यस्तै, रोल्पामा केन्द्रको संस्थापन पक्ष निकट नेताहरूलाई जिल्लाको संस्थापन पक्षले वडामै सीमित पारेको थियो । सभापति शेरबहादुर देउवानिकट रोल्पाका पूर्वसभापति कृष्णबहादुर घर्तीमगर माडी गाउँपालिका–२ मा पराजित भएका छन् । घर्तीमगर देउवा नेतृत्वको तत्कालीन काँग्रेस प्रजातान्त्रिकको जिल्ला सभापतिका भएका थिए ।

प्रतिक्रिया दिनुहोस्