Logo
Logo

युवा संघको सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठक बस्दैछ । ७ र ८ असोजमा काठमाडौंको बुद्धनगरमा बस्ने बैठकलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

युवा सघको बैठकमा सगंठनको अहिलेको स्थिति, समसामयिक राजनीति परिस्थितिबारे छलफल, संगठनको कार्ययोजना र अभियान बारेमा छलफल हुने युवा संघका प्रवक्ता सन्जिप राईले बताए ।

प्रतिक्रिया दिनुहोस्