Logo
Logo

गच्छदारले भने, ‘मलाई झुटा मुद्दा लगाइयो’



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरी उनले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि प्रतिशोधको रुपमा झुटा मुद्दा लगाएको दावी गरे ।

आफूविरुद्ध षड्यन्त्र भएको बताउँदै उनले अख्तियारले छानीछानी मुद्दा चलाउने काम गरेको समेत बताए । उनले भने, ‘उन्मुक्ति दिनु नपर्नेलाई उन्मुक्ति दिएको छ, राजनीतिक पूर्वाग्रहबाट चरित्र हत्या गर्ने षड्यन्त्र भएको छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकाय भएपनि सरकारको छायाँको रुपमा काम गर्दा निष्पक्ष र स्वतन्त्र हुन नसकेको उनको भनाइ छ । ललिता निवास जग्गा प्रकरणमा आफूले मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा पेश मात्र गरेको बताउँदै भने, ‘व्यक्तिगत रुपमा लाभ लिएर नेपाल सरकारलाई हानी पु¥याएको अवस्था छैन । म माथि अख्तियारले अन्याय गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्