Logo
Logo

चीन र भारतसँग सन्तुलित सम्बन्ध राख्नेछ : परराष्ट्रमन्त्री



काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले आफ्नो कार्यकालमा चीन र भारतसँग सन्तुलित सम्बन्ध राख्ने बताएका छन् । बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।

मन्त्री खड्काले परराष्ट्र नीति दल विशेषको नभएर सबैसँगको सहमतिमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘परराष्ट्र मन्त्रालयले अत्यन्तै महत्वपूर्ण जिम्मेवारीका साथ अघि बढ्नुपर्ने समय आएको छ । अन्तर्राष्ट्रिय परिवेश जसरी अघि बढिरहेको छ, त्यसले हाम्रो देशलाई पार्न सक्ने प्रभाव र सम्बन्धहरुमा सन्तुलन कायम राख्दै हामीले जिम्मेवारी निभाउनुपर्नेछ ।’

मन्त्री खड्काले राष्ट्रिय हितको विषय भएकाले सबै दलको सहमति समेतलाई ध्यान दिएर, सबै नेताहरुसँग परामर्श र सहमति गरेर अगाडि बढ्ने बताए ।

मन्त्री खड्काले एमसीसी र बीआरआईलगायतका विषयमा भने थप अध्ययन गरेर तथ्यगत र मिथ्यागत विषयलाई ध्यानमा राख्दै नेपालको हितमा हुनेगरी सबै राष्ट्रहरुसँग घनिष्ठ र सन्तुलित सम्बन्ध कायम गर्ने गरी अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्