Logo
Logo

आमा बनिन् प्रियंका



काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले छोरीको जन्म दिएकी छन् । सामाजिक सञ्जालमा एक तस्बिर पोस्ट गर्दै यसबारे उनले जानकारी दिएकी हुन् । प्रियंकाले आफ्नो छोरीको नाम आयांका कार्की जोशी राखेकी छन् ।

तस्बिरमा प्रियंका र आयुष्मान निकै खुसी देखिएका छन् । आयुष्मान र प्रियंकाले दुई वर्ष अघि विवाह गरेका हुन् । सिने जगतमा चल्तीकी नायिका प्रियंका गर्भावस्थामा थप चर्चित भएकी थिइन् । प्रियंकाले सन्तान जन्मनुअघि गर्भावस्थादेखि नै चर्चामा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्