Logo
Logo

विकासका लागि तीन वटै तहका सरकारले समन्वय गरेर आगाडि बढौं : प्रम ओली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं,१३ बैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको अन्तर प्रदेश परिषद्को तेस्रो बैठकले आफ्नो कार्यविधि पारित गरेको छ ।

अन्तर प्रदेश परिषदको तेस्रो बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटै योजनामा तानातान गर्ने भन्दा पनि तीनै तहका सरकारले समन्वय र योजना नदोहोरिने गरी बजेटमा समावेश गर्नुपर्ने बताउका छन् । “एउटै योजनामा तानातान होइन एउटा तहले सामेल गरेको योजना माथी अर्को तहले हस्तक्षेप गर्नु हुदैन” प्रधानमन्त्री ओलीले भने् “सबैले समन्वय गरेर विकासका कामलाई अघि बढाउनु पर्दछ ।”

बैठकमा प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तह एकजुट भएर विकासको एजेण्डालाई कार्यान्वयनमा लैजान मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिए। ‘हामीले आ–आफ्नो जिम्मेवारीलाई पूरा गर्दै जाऊँ, शुरुको अवस्थामा संघीयताका अध्यास गरिरहँदा कतिपय कुरा सिक्दै, बुझ्दै जाने कुरा हो, त्यसैले संघीयता कार्यान्वयनका पहिलो वर्षमै सबै कुरा ठीक हुन्छ भन्ने होइन हामीले परिमार्जित भएर अघि बढ्नुपर्छ, यसमा हामीले अधिकारको कुराहरूभन्दा पनि जवाफदेही र जिम्मेवारीलाई साझा रूपमा अघि बढाउन प्रयास गरौँ’, प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले सङ्घ प्रदेश र स्थानीय सरकारसँगको सहकार्यलाई स्थानीय सरकारको सहकार्यबाट सरकार अघि बढ्नुपर्ने सबै जिल्ला समन्वय समितिले प्रभावकारी रूपमा समन्वयात्मक ढङ्गले तीन वटै तहसँग काम गर्नुपर्ने, सङ्घीयताका सम्बन्धमा जागरण अभियान नै सञ्चालन गर्नुपर्ने र सबै जनप्रतिनिधि त्यसमा समाहित हुनुपर्नेमा जोड दिएको उनका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्