Logo
Logo

एउटा अण्डाको कति पर्छ ? वीर अस्पतालले किन्यो १ पैसामा अण्डा, १ रुपैयामा विस्कुट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ वैशाख ।

अहिलेको बजार भाउअनुसार एक पैसामा अण्डा किन्न पाइन्छ ? चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाइले पत्याउनै नसकिने भाउमा खाद्यान्न गरिद गरेको भेटिएको छ ।

अस्पतालले चिनी, बिस्कुट, तेललगायतका खाद्य सामग्री एक रुपैयाँमा खरिद गरी एक रुपैयाँमा खरिद गरी बिरामीलाई खुवाइने खानाको गुणस्तरमै शंका उब्जाइदिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

अस्पतालले वैशाख १ गते रासन सामग्री खरिदका लागि न्यू सुयोग इन्टरप्राइजेजको टेन्डर स्वीकृत गर्यो । टेन्डरका लागि निवेदन दिने तीन फर्ममध्ये सबैभन्दा सस्तो मूल्यामा सामान दिने सम्झौता अनुसार सुयोगको टेन्डर स्वीकृत भयो । उसले दिएको मूल्यसूची हेर्दा पत्याउनै नसकिने खालको रहेको छ । अहिलेको बजार भाउअनुसार एउटा अण्डाको मूल्य १० देखि १२ रुपैयाँ पर्छ ।

सुयोगले अस्पताललाई प्रतिअण्डा एक पैसा तोकेको छ। चना प्रतिकिलो एक रुपैयाँ त्यस्तै जिरा, अदुवा ,बेसारको मूल्य पनि एकै रुपैयाँ तोकेको छ । तोरीको तेल प्रतिलिटर एकै रुपैयाँ छ भने नुन, गहुँको आँटा, चिनीको मूल्य पनि प्रतिकिलो १ रुपैयाँ नै छ ।

प्रतिक्रिया दिनुहोस्