Logo
Logo

ओमानको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित



ओमान । नेकपा एमाले निकट प्रवास संगठन प्रवासी नेपाली मञ्च कुवेतको समानान्तर कमिटिको रुपमा रहेको प्रवासी नेपाली मञ्च नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएको छ । समानान्तर कमिटीले एक कार्यक्रमको आयोजना गरेर एकीकृत समाजवादीमा समाहित भएको घोषणा गरेको हो ।

नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्चमा समाहित कमिटी लिला नाथ कोइरालाको अध्यक्ष रहेको २८ सदस्यीय रहेको छ।कमिटीको उपाध्यक्षद्वय धनबहादुर गुरुङ र चित्रबहादुर कुँवर, महासचिव तेज बहादुर तामाङ (प्रेम), सचिव तथा प्रबक्ता गणेश प्रसाद सापकोटा छन् ।

यसैगरी सचिवद्वयमा निरबहादुर सुनार र बिक्रम रिजाल, कोषाध्यक्ष उमर खान, सहकोषाध्यक्ष–चन्द्र चौधरी रहेका छन् ।

यस्तै, सदस्यहरुमा तुल्सा न्यौपाने, पुलिन्दर शरदार, अरुण गुरुङ, गोमबहादुर सारु, ऋषि दाहाल, बिमला राई, प्रकाश परियार, शेरबहादुर थापा, जयप्रताप बुढामगर, सुहान गुरुङ, धनकुमार गुरुङ, सन्तोष कुवँर, मिना ब्रदेवा, शारदा पैडेल, बिवश भूजेल, मुना सुनवार, भीमराज गुरुङ, मुकुन्द सापकोटा र अनिल यादव छन् ।

जनताको सार्वभौम सत्ता सम्पन्न संसदको विघटनपश्चात एमालेभित्र उत्पन्न असहज परिस्थिति सिर्जना भइ अन्तर संघर्ष हुँदै गर्दा ओमानमा पनि समानन्तर कमिटी गठन भएको र कमिटीको बैठकबाट सर्वसम्मत निर्णयले समाजवादको यात्राको एकमात्र विकल्प नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित हुने निर्णय गरिएको मञ्चका अध्यक्ष लिलानाथ कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्