Logo
Logo

आमाको पेटमै झगडा गरेका जुम्ल्याहा शिशुको भिडियो भाइरल (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १५ वैशाख ।

सोसल मिडियामा एक भिडियो व्यापक भाइरल भइरहेको छ । यसलाई धेरै मानिसले हेरेका छन् र मन पनि पराउन थालेका छन् । अल्ट्रासाउण्डको यो भिडियो व्यापक भाइरल भएको छ । यो घटना चीनको हो । उक्त भिडियोमा दुई शिशुहरु झगडा गरिरहेको देखिएको छ ।

महिला चार महिनाको गर्भवती थिइन् । उनी जुम्ल्याहा शिशु जन्म दिने तरखरमा थिइन् । यो भिडियो जुम्ल्याहा शिशुका पिता टाओले लिएका थिए ।

टाओले स्थानीय अखबारसँग कुरा गर्दै भने, ‘जन्म नै नभएका छोरीहरु धेरै समयसम्म एक अर्कालाई मुक्का हान्थे ।’ यो भिडियो चीनमा व्यापक भाइरल भएको छ । टाओले भिडियो एप डोयुयिनमा यो भिडियो सेयर गरेका थिए । यो समाचार कारोबारमा प्रकाशित छ ।

https://www.youtube.com/watch?time_continue=2&v=dBbrY06q3uE

प्रतिक्रिया दिनुहोस्