Logo
Logo

नेपाल–चीन सीमापार रेलमार्ग विश्व नजरमा , बीआरआईमा रेल समेटियो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १५ वैशाख ।

नेपाल र चीनबीच सीमापार रेलसहित बहुउद्देश्यीय हिमालय वारपार सञ्जाल विस्तारको ढोका खुलेको छ। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालले राखेको सञ्जाल विस्तार प्रस्ताव स्वीकार गरेको हो। योसँगै बीआरआईमा नेपालमा रेल ल्याउने योजना समावेश भएको छ।

 

दोस्रो बिआरआई सम्मेलनमा नेपालको सहभागिता पहिलो हो । यो सम्मेलनमा राष्ट्रप्रमुख वा कार्यकारी प्रमुखले भाग लिन्छन् र चिनियाँ राष्ट्रपति सी जिन पिङसँग छलफल गर्न पाउँछन् । ३८ बुँदे संयुक्त वक्तव्य जारी गर्दै दोस्रो सम्मेलन शनिबार सकिएको छ ।

३७ मुलुकका राष्ट्र एवं सरकार प्रमुखबीच भएको सहमति कार्यान्वयनमा शंका नरहेको अधिकारीहरूले बताएका छन्। सम्मेलनमा पाँच हजारभन्दा बढी सहभागी थिए। सम्मेलन विभिन्न फरकफरक सत्रमा चलेको थियो।‘हिमालय वारपार र रेल सञ्जालसम्बन्धी नेपालको प्रस्ताव बीआरआईले स्वीकार गरेपछि हामी खुसी भएका छौं,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अन्नपूर्णसँग भने, ‘अब हाम्रा योजना छिट्टै कार्यान्वयन तहमा अघि बढ्नेछ।’

राष्ट्रपति भण्डारी शनिबार साँझ चीनस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा पनि सहभागी भइन् । आइतबार राष्ट्रपति भण्डारीले चीनका विभिन्न पुरातात्विक महत्वका स्थानहरूको भ्रमण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्