Logo
Logo

प्रदेश २ र लुम्बिनीका प्रहरी कार्यालयमा हेडक्वार्टरको छड्के



काठमाडौं । लुम्बिनी प्रदेश र प्रदेश २ का प्रहरी कार्यालयहरुमा प्रहरी प्रधान कार्यालयले छड्के अनुगमन गरेको छ । लुम्बिनी र प्रदेश २ का जिल्ला प्रहरी कार्यालयका कर्मचारीविरुद्ध गुनासो तथा उजुरी आएपछि प्रहरी प्रधान कार्यालयले छड्के अनुगमन हो ।

जानकारीअनुसार प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राई र भीम ढकाललाई गोप्य रुपमा अनुगमनमा खटाएको थियाे ।

प्रहरी स्रोतअनुसार अनुगमन टोलीले गोप्य रुपमा एक हप्ता अनुगमन गरेको छ । अनुगमन टोलीले केही दिनमै प्रहरी प्रधान कार्यालयलाई प्रदिवेदन बुझाउने तयारी गरेको छ । प्रतिवेदन अध्ययन गरेर प्रधान कार्यालयले कारवाही अघि बढाउने बताइएको छ ।

पछिल्लो समय लुम्बिनी र प्रदेश २ का विभिन्न जिल्लाको ईञ्चार्ज भएर पुगेका प्रहरी अधिकृत विभिन्न प्रहरणमा संलग्न हुँदै आएको पुष्टि भएका छन् ।

रौतहटका एसपी सिद्धिबिक्रम शाह निर्दोष पत्रकारलाई लागूऔषध राखेर फसाएको घटनामा अनुसन्धानमा तानिएका छन् । निषेधाज्ञाको समयमा क्यासिनो सञ्चालन गर्न दिएको भन्दै बाँकेका एसपी श्यामकृष्ण अधिकारी विवादमा परेका थिए । त्यस्तै बाँकेमै प्रहरी प्रमुख हुँदा एसपी ओम राना पनि विभिन्न प्रकरणमा मुछिएका थिए ।

प्रतिक्रिया दिनुहोस्