Logo
Logo

न्युयोर्कमा परराष्ट्र मन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता



काठमाडौं । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका परराष्ट्र मन्त्री नारायण खड्काले साइडलाइन भेटवार्तालाई पनि जारी राखेका छन् ।

परराष्ट्र मन्त्री खड्काले आइतबार भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपाली मिसनले जनाएअनुसार दुई मन्त्रीहरू नेपाल-भारतबीचको जारी सहकार्यलाई अझ मजबुद् बनाउन सहमत भएका छन् ।

भारतीय विदेश मन्त्री जयशंकरले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेपालका नयाँ समकक्षीसँग भेट गर्न पाउँदा खुसी भएको उल्लेख गर्दै नेपाल-भारतको विशेष सम्बन्धलाई अझ अघि लैजान मिलेर काम गर्न सहमत भएको उल्लेख गरे ।

सपथ लिएकै दिन असोज ६ गते न्युयोर्क प्रस्थान गरेका परराष्ट्र मन्त्री खड्काले पहिलो पटक भारतीय समकक्षीसँग भेट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्