Logo
Logo

आजदेखि बसको अग्रिम टिकट बुकिङ खुला



काठमाडौं । आजबाट दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ ।

बिहानैदेखि दशैंमा घर जान इच्छुक व्यक्तिहरु टिकट लिन गोंगबुस्थित नयाँ बसपार्क पुगेका छन् ।

उनीहरुलाई दुरी कायम गरी लाइनमा राखेर अग्रिम टिकट बिक्री गरिएको देखिन्छ ।

गत बिहीबार यातायात व्यवस्था विभागले यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो ।

केहि यातायात व्यवसायीहरुले भने अनलाइनमार्फत् पनि टिकट बुकिङको व्यवस्था मिलाइएको बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्