Logo
Logo

दुई घण्टा फन्को मारेपछि सफलतापूर्वक अवतरण



काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सोमबार बिहान अवतरण गर्न लागेको बुद्ध एयरको विमान पांग्रा नखुल्दा केहीबेर तनाव भयो । रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयर विमान पांग्रा नखुलेपछि आकाशमै फर्किएको थियो ।

बुद्ध एयरको सो विमान सोमबार बिहानै विराटनगरतर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो । विराटनगरमा अवतरण गर्न नसकेपछि त्रिभुवन विमानस्थल फर्किएको विमान करिब दुई घण्टा आकाशमै फन्को मारेपछि विमान सफलतापूर्वक ल्याण्ड भएको छ ।

त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख प्रताप बाबु तिवारीका अनुसार विमानको ल्यान्डिङ गियर आधा मात्र देखिएको थियो, समस्या समाधान नभए इमर्जेन्सी ल्यान्डिङ गराइएको थियो ।

अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ–बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए । विमानमा बालबालिकासहित ७३ जना यात्रु सवार थिए । एनआई कलसाइनको विमान विहान ८ बजेर ३२ मिनेटमा विराटनगरका लागी उडेको नागरिक उड्ययन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्