Logo
Logo

दुई घण्टा जहाज अवतरण नहुँदाको दर्दनक क्षण (भिडियाेसहित)



काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो ।

ल्याण्डिङ गियर नखुलेका कारण विमानले आकाशमा लामो समय फन्को मारिरह्यो । विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना बन्यो । तर विमालाई निकै तल ल्याएर हेर्दा ल्याण्डिङ गियर पनि खुलेको देखिएपछि विमानको सहज अवतरण सम्भव भएको बुद्ध एयरले जानकारी गराएको छ ।

उक्त जहाजभित्र जम्मा ७३ यात्रु सवार थिए । तर, पछि त्यहाँबाट काठमाडौं आएर कयौँपटक जहाजले चक्कर लगाएपछि यात्रुहरू आत्तिए । काठमाडौंको आकाशमा जहानले फन्को मारिरहँदा कोही यात्रुले छिटो खोल्दिनुस हाम फाल्छौँ समेत भने । उनीहरूले जीवनलाई माया मारेको पनि सफल अवतरणपछि भनेका थिए ।

यात्रु प्रताप लिम्बूका अनुसार काठमाडौं आउँदासम्म यात्रुहरू खासै डराएका थिएनन् । तर यहाँ पनि ल्याण्ड हुन नसकेपछि जहाजभित्र रुवाबासी चल्यो । सुरक्षाकर्मी तयारी अवस्थामा देखेपछि अब जिन्दगी यति नै भयो भन्ने लागेको यात्रु लिम्बूले सुनाए । उनले भने, ‘ढोका खोल्दिनुस्, हामी हाम फाल्छौँ पनि भन्यौं, इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अवतरण गराउने हो भनेर जानकारी गराइयो ।’

उनले ‘मर्छु होला’ भनर घरमा भनिसकेको बताए । उनले भने, ‘मेसेज गरेर घरमा बाँचे भने भेटौँला नभए मर्छु होला भनेर भनेको थिएँ ।’ अन्तिममा आएर विमान सहज रूपमा अवतरण हुँदा नयाँ जीवन पाएको उनी बताउँछन् । भने- ‘अन्तिममा नयाँ जीवन नै पाएजस्तो भयो नि, खुसी लाग्यो ।’

उनले केही यात्रु बेहोहसमेत भएको बताए । उनले भने, ‘यस्तो समस्या हुँदा जोकोहीलाई पनि गाह्रै हुन्छ, कोही यात्रुहरू त मुर्छा नै पर्नुभयो ।’

अर्का यात्रु अनमोल प्रधानले जहाजभित्र रुवाबासी भएको र धेरैले आश मारेको सुनाए । उनले भने, ‘रनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए, जहाजमा भएका आमा बच्चा र पाका मानिसहरु आत्तिएर रुन थालेपछि झन् गाह्रो भयो ।’

भिडियाे

प्रतिक्रिया दिनुहोस्