Logo
Logo

भ्रष्टाचार अरोपित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा



काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् ।

कर फर्छ्यौट आयोगका सदस्य सचिव हुँदा १ अर्ब ३३ लाख २० हजार ५८५ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मा विरूद्ध मुद्धा दायर गरेको थियो । सो प्रकरणमा आयोगका अन्य पदाधिकारीविरुद्ध पनि मुद्धा दायर भएको छ ।

विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा बयानका लासग शर्मा अदालत हाजीर भएका हुन् ।

शर्माको बयान जारी रहेकाले थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने टुंगो लागेको छैन । केही बेरमा बनाय सकिएपछि निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्