Logo
Logo

अध्यादेश खारेजबारे सल्लाह हुँदैछ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल सम्बन्धीको अध्यादेश फिर्ताबारे सल्लाह गरिरहेको बताएका छन् ।

संसद् बैठक सकिएर बाहिरिने क्रममा सोमबार प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा कांग्रेस संसदहरूसँग छलफल गरिरहेको बताएका हुन् ।

सरकारले गत साउन २ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । संविधान अनुसार संसदको अधिवेशन सञ्चालनमा आएको पहिलो बैठकमा अध्यादेश पेस गर्नुपर्छ । अध्यादेश पेस भएसँगै ६० दिनभित्र सरकारले प्रतिस्थापन विधेयक ल्याउन सक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्