Logo
Logo

एक हजार २८२ संक्रमित थपिए, ७ जनाको मृत्यु



काठमाडौं । नेपालमा शुक्रबार एक हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार ४४८ नमुना परीक्षण गर्दा एक हजार २८२ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट ९७५ र एन्टिजेनबाट ३०७ जनामा संक्रमण पुष्टि छ । उक्त अवधिमा १२ हजार ८१ जनाको पीसीआर र ३ हजार ४०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ ।

त्यस्तै सोही अवधिमा १ हजार २६२ जना संक्रमणमुक्त भएका छ । यो सँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ६२ हजार ४१६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर १८ हजार ८४८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्