Logo
Logo

‘केही दिनभित्रै सरकारले पूर्णता पाउँछ’



काठमाडाैं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले अबको केही दिनभित्रै सरकारले पूर्णता पाउने बताएका छन् ।

सोमबार काठमाडौमा भएको एक साक्षात्कारमा बोल्दै नेता लेखकले सरकारमा गठबन्धनको सहभागिता रहेकोले केही राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकोले सरकार विस्तारमा ढिलाई भएको स्पष्ट पारे । तर, अब केही दिनभित्रै सरकारले पूर्णता पाइसक्ने नेता लेखकको दाबी छ ।

‘गठबन्धनको सरकार छ । गठबन्धनमा आवद्ध ती दलहरुमा पनि विभाजन भएर आएका दलहरु छन्, उनीहरुलाई संलग्न गराएर सरकार बनाउनुपर्नेछ । राजनीतिक र वैधानिक कारणले सरकारलाई पूर्णता दिने कुरामा ढिलाई भएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने कुरामा सबै दलका मुख्य नेताका बीचमा सम्वाद भैरहेको छ । विचार विमर्श भैरहेको छ । अब चाँडै हुन्छ’, लेखकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्