Logo
Logo

भ्रष्टाचार आरोपित शर्मासँग विशेष अदालतले माग्यो ५० लाख धरौटी



काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित भएका सहसचिव चुडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

सोमबार विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

उनी अदालतले मागेको धरौटी बुझाएर रिहा हुने तयारीमा छन् । धरौटी बुझाउन नसकेमा उनी पुर्पक्षका लागि थुनामा जानेछन् ।

कर फर्छ्यौट आयोगका सदस्य सचिव हुँदा १ अर्ब ३३ लाख २० हजार ५८५ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मा विरूद्ध मुद्धा दायर गरेको थियो ।

आयोगले समेत तीन जनाविरुद्ध विशेष अदालतमा दोस्रो मुद्दा दर्ता गरेको थियो। अभियोगपत्रमा शर्मासहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई प्रतिवादी बनाइएको थियो।

महत र ढकाल आइतबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए । उनीहरु अदालतको आदेशबमोजिम जनही ५०/५० लाख रुपैयाँ धरौटी बुझाएर आइतबार नै रिहा भएका छन्।

प्रतिक्रिया दिनुहोस्