Logo
Logo

धितोपत्र बोर्डका निलम्बित अध्यक्षलाई सरकारले स्पष्टीकरण सोध्ने



काठमाडौं । नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने सरकारले निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका बोर्डका निलम्बित अध्यक्ष ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका अध्यक्ष ढुंगाना केही समय अगाडि निलम्बनमा परेका थिए ।

कानूनविपरीत सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएको भन्दै विवादमा परेका ढुंगानालाई बोर्ड अध्यक्षबाट निलम्बन गरी सरकारले छानविन गर्न समिति गठन गरेको थियो ।

बुक बिल्डिङ विधिबाट प्राथमिक शेयर जारी गर्न तयार रहेको सर्वोत्तम सिमेन्टको शेयर कानुनविपरीत आफन्तका नाममा खरिद गरेको देखिएकाले सरकारले उनलाई निलम्बनमा राखी छानविन गर्न समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्