Logo
Logo

मन्त्री बन्ने रहर छैन, अरुलाई पालो दिन्छु : उपेन्द्र यादव


31.6k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो नेतृत्वमा सरकारमा सहभागी नहुने बताएका छन् ।

यसअघि उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय पाए अध्यक्ष यादव आफै सरकारमा सहभागी बताइएको थियो । तर, प्रधानन्त्री शेरबहादुर देउवाले यसपटक उपप्रधानमन्त्री पद नै नराख्ने भएपछि यादव सरकारमा सहभागी हुनबाट पछि हटेका हुन् ।

उपप्रधानमन्त्री पद नै नभएपछि अध्यक्ष यादवले आफूलाई मन्त्री वा उपप्रधानमन्त्री बन्ने रहर नभएको बताएका छन् । उनले भने, ‘मलाई मन्त्री हुने रहर छैन, पार्टी संगठनकै काममा लाग्छु, पार्टीलाई व्यवस्थित बनाउनका तत्लिन हुन्छु, म पहिला नै उपप्रधानमन्त्री भइसकेको छु, यो पटक अरु नेताहरुलाई पालो दिन्छु ।’

यादव आफै सरकारमा सहभागी नहुने भएपछि नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा जसपा सरकारमा सहभागी हुनेछ । तर, अध्यक्ष यादवले आफू निकटका नेतालाई भने मन्त्री बनाउने भएका छन् । जसपा स्रोतका अनुसार नेता रामसहाय यादव र प्रदीप यादवलाई मन्त्री बनाउने यादवको तयारी छ ।

तत्कालिन राजपाबाट जसपामा आएका महेन्द्रराय यादव समेत मन्त्री हुने निश्चित छ । अध्यक्ष यादवले महेन्द्ररायलाई जसरी पनि मन्त्री बनाउने बचन दिइसकेका छन् । यस्तै प्रमोद साह, इस्तियाक राई, अमृता अग्रहरी, रेणु यादव, राजकिशोर यादव र रेणुका गुरुङसमेत मन्त्री बन्ने चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्