Logo
Logo

राष्ट्रिय युवा संघका पाँच नेताद्वारा राजीनामा



काठमाडौं । नेकपा (एमाले) निकटको राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीमा रहेका पाँच जनाले राजीनामा दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीचको एकतालाई निरन्तरता नस्किारेर पुरानै शैलीमा एकलौटी ढंगले अगाडी बढदा सर्वहारा क्रान्ति नै ओझेलमा पर्दै गएको आरोप लगाउँदै उनीहरुले राजीनामा दिएका हुन् ।

संघका स्थायी कमिटी सदस्यद्धय राकेशराज गिरी, नरेश साह तुरहा, केन्द्रीय सदस्यत्रय निवेश कुमार, विरवल कुश्वाहा र संजय यादवले संयुक्त रुपमा राजीनामा बुझाएका छन् ।

‘क्रान्ति र जनताको भावना विपरित यथास्थितिमा हामी सक्रिय हुन नसकिने अवस्था आएको हो । मुख्यतः हामीले प्रतिनिधित्व गर्ने प्रदेश २ मा पार्टी कमिटीका नेताहरुले विचार र विधविहिन हुकुमी निकृष्ट शैलीमा सामन्त, जमिन्दारको पार्टी बनाउदै जाँदा समेत पार्टीको मुल नेतृत्व वेवास्ता गरिरहेको बिषय नकार्न सकिन्न्’ उनीहरुद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्