Logo
Logo

प्रधानसेनापतिकै विभूषण अवैध ?



काठमाडौं । यो वर्ष संविधान दिवसको अवसरमा वितरण गरिएको विभूषणको तरंग अझै सकिएको छैन । कोरोना महामारीको बेला इतिहासमै धेरै विभूषण वितरण गरेर शेरबहादुर देउवा सरकारले खराब रेकर्ड त राख्यो नै, यस क्रममा कतिपय मापदण्डसमेत मिचिएको छ ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई समेत मापदण्ड मिचेर विभूषण दिइएको खुलेको छ । सेनाको कमाण्ड सम्हालेको दुई साता नहुँदै शर्मालाई विभूषण दिइएको हो । तर, गृह मन्त्रालयका एक अधिकारीका अनुसार त्यो विभूषण कानूनअनुसार अवैध छ ।

सरकारले बनाएको विभूषण सम्बन्धि कार्यविधिको ५.४.२ (ङ)मा ‘सुरक्षा निकायतर्फ बढुवा भएको मितिले एक वर्ष अवधि पुरा भएको’ अवस्थामा मात्र विभूषण पाउने भनिएको छ । तर, उनले सो प्रावधानको खिल्ली उडाउँदै उनले दुई हप्तामै विभूषण लिए । यसले नयाँ प्रधानसेनापति शर्माको विभूषण मोह देखाउँछ । शर्मा तीन वर्षका लागि प्रधान सेनापतिमा नियुक्त भएका हुन् । जसअनुसार आगामी वर्ष उनले सहजै पाउन सक्थे । तर, किन हतार हतार उनले विभूषण लिए भन्ने कुराले धेरैले आश्चर्य मानेका छन् ।

त्यस्तै नेपाल प्रहरीका एसएसपी दिल्लीराज पन्तले पनि यसैगरी नियम मिचेर विभूषण लिएका छन् । नेपाल प्रहरीमा ६० भन्दा धेरैले सिधैं राजनीतिक नेतृत्वबाट सिफारिस गर्न लगाएर विभूषण हात पारेका छन् । सशस्त्र प्रहरीमा पनि विभूषणमा चरम बेथिती देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्