Logo
Logo

सुदूरपश्चिम प्रदेशमा नेकपाका तीन जिल्ला सचिवद्वारा शपथग्रहण वहिष्कार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १६ वैशाख ।
पद बाँडफाँडप्रति असन्तुष्टि जनाउँदै नेकपाका तीन जिल्ला सचिवले सपथ अस्वीकार गरेका छन् ।

तत्कालीन एमालेका डडेल्धुरा, बझाङ र दार्चुला जिल्लाका अध्यक्षहरूले आफूहरूको मर्यादाविपरीद पद दिएको भन्दै शपथ ग्रहण वहिष्कार गरेका हुन्।

सुदूरप्रदेश प्रदेश कार्यालय धनगढीमा आइतबार भएको सपथ कार्यक्रममा डडेलधुरामा सचिवको जिम्मेवारी पाएका तारादत्त जोशी, बझाङका सचिव दिलबहादुर सिंह र दार्जुलाका सचिव रामदत्त जोशी उपस्थित नै भएनन् ।

आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशमा इन्चार्ज भीम रावलले शपथ ग्रहण प्रदेशका अध्यक्ष र सचिवलाई सपथ गराएका थिए ।

नेपाल कम्युनिस्ट पार्टी(ने क पा)ले पार्टी एकता भएको एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो। सुदूरपश्चिम प्रदेशमा ५ जिल्लामा तत्कालीन एमालेले अध्यक्ष पाएको छ भने ४ जिल्लामा तत्कालीन माओवादीले अध्यक्ष पाएको छ। त्यस मध्य ४ जिल्लामा तत्कालीन एमालेले सचिव पाएका छन् भने ५ जिल्लामा तत्कालीन माओवादीले सचिव पाएका हुन्। ४ जिल्लामा सचिव पाएका मध्ये ३ जिल्लामा सचिवहरूले शपथ ग्रहणमा अनुपस्थिति जनाएका हुन्।

प्रतिक्रिया दिनुहोस्