Logo
Logo

आजदेखि संघीय संसद्को बजेट अधिवेशन शुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १६ वैशाख ।

सङ्घीय संसद्को चौथो अधिवेशन सोमबारबाट सुरु हुँदैछ।

मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४ बजे अधिवेशन आह्वान गरेकी हुन्। अधिवेशन सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस, बजेट प्रस्तुत तथा संविधान कार्यान्वयनका कानुन निर्माणमा केन्द्रित हुनेछ।

सङ्घीय संसद्को चौथो अधिवेशनका लागि प्रतिनिधिसभामा कूल २७ विधेयक प्रस्तुत गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको विधेयक शाखामा दुई विधेयक चौथो अधिवेशनका लागि दर्ता भएको छ । तेस्रो अधिवेशन अन्त्य भएको एक महिनापछि चौथो अधिवेशन आह्वान गरिएको हो।

सरकारले वैशाख २० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र यो पारित भएपछि वैशाख ३१ गतेसम्म प्रिबजेट छलफल हुने सभामुख महराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्