Logo
Logo

ताजाकोटमा ३ सय विरामी, स्वास्थ्य नीतिको असफलता


- दृष्टि न्युज/संवाददाता


हुम्लाको ताजाकोट गाउँपालिकामा २१ दिन देखि रुघाखोकी जस्तो देखिने रोगवाट ३ सय जना विरामी परे, ९ जनाको मृत्यु भयो । तर २१ दिन सम्मपनि सरकारले वेवास्ता ग¥यो । चर्को आवाज संचार माध्यममा उठेपछि मात्र वल्ल सरकारले चिकित्सक टोली तथा औषधी पठायो ।

संचारमाध्यमका पत्रकारले थाहा पाउने, तर लाखौं जनशक्ति भएको सरकारले थाहा नपाउने कस्तो कमजोर सरकार रहेछ ? थाहा नपाएर भन्दापनि यसपल्ट पनि सरकारले वेवास्ता गरेकोले अनाहकमा सर्वसाधारणको ज्यान गएकोछ ।

ताजाकोट घटना नेकपा सरकारको स्थास्थ्य नीतिको असफलता हो । सरकारको नालायकीको उदाहरण हो ।

ताजाकोट गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष प्रशासकीय प्रमुख सबै वाहिर रहेछन् । यसको अर्थ हो स्थानीय सरकारको हद सम्मको लापरवाही ।

हरेक गाविसमा नै प्रयोगशाला र एक्स रे सेवा विस्तार गर्ने नीति २०७१ को स्वास्थ्य नीति मै रहेकोछ । तर त्यसपछि ओली कामरेड दुई पटक प्रधानमन्त्री हुनु भयो, प्रचण्ड कामरेड एक पटक प्रधानमन्त्री भए । तर खै कम्युनिष्ट भनिएका नेताहरुले सर्वसाधारण जनतालाई स्वास्थ्य सेवा दिएको ?

मार्सी भातको डिनर खाएर जनताको स्वास्थ्य सेवामा जसरी लापरवाही भैरहेकोछ, त्यसको गम्भीर परिणाम आगामी चुनावमा आउन सक्दछ नेकपाको लागि ।

हरेक गाविसमा होइन, अहिले तीन चार गाविस मिलाएर वनेका गाउँपालिकाहरुमा समेत पनि नेकपा सरकारले प्रयोगशाला र एक्स रे सेवा दिएको छैन ।

हरेक गाविसमा कम्तिमा एक एमविविएस डाक्टर पठाउने नीतिपनि कार्यान्वयन भएको छैन । गाउँपालिकाहरुको स्वास्थ्य केन्द्रमा पनि डाक्टर, औषधी छैन ।

ताजाकोट स्वास्थ्य संस्थामा डाक्टर औषधी प्रयोगशाला भएको भए यस्तो अकालमृत्युको प्रकोप हुँदैनथ्यो ।

सरकारलाई धेरै वजेट भार पर्ने विषय पनि होइन यो । सरकार संग खर्च गर्न नसकेको रकम नै अरवौ रहेको तथ्य वारम्वार सार्वजनिक भैरहेको नै छ । तर सरकार जनताको लागि संवेदनशील रहेनछ भन्ने यस घटनाले पुनः सावित गरेकोछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्