Logo
Logo

स्क्रिनमा आरोशी र दीपेशको प्रेम (भिडियोसहित)



काठमाडौं । आरोशी थापा र दीपेश मगरले स्क्रिन सेयर गरेको म्युजिक भिडियो शुक्रबार युट्युबमार्फत सार्वजनिक भएको छ । साइप्रसमा छायाङ्कन गरिएको ‘जीवन गीत’ बाेलको गीतकाे म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

ए एस ए ग्रुप प्रोडक्सनको दोस्रो प्रस्तुतिको रुपमा सार्वजनिक उक्त भिडियो सरिता लिङ्देनले निर्देशन गरेका हुन् भने आना होन्छेनले छायांकन गरेका छन् ।

जीवनका सारहरुलाई भिडियोमार्फत दर्शाउन खोजिएको निर्देशक लिङ्देन बताउँछन् । मेलिना राई र मन्जुल मितेरीको स्वर रहेको उक्त गीतमा शब्द र संगीत पनि मितेरीकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्