Logo
Logo

मुर्छित सपना जाग्दैछन्


विष्णु रिमाल


विष्णु रिमाल

विज्ञान र प्रविधिको क्षेत्रमा फड्को मार्दै नेपाल भू–उपग्रह युगमा प्रवेश गरेको छ । अहिलेको युग भनेको विकासको युग हो । विकाससँग जहिले पनि दुईवटा विषय सँगसँगै जोडिएर आउँछ, पुँजी र प्रविधि । प्रविधि भनेको विज्ञानसँग जोडिन्छ । हिजोका दिनहरूमा हामीले यी विषय लगानी गर्ने क्षेत्र होइन भन्ठान्थ्यौँ । अब पुँजी र प्रविधि सँगसँगै लैजान नसके मुलुकले फड्को मार्न सक्दैन भन्ने अहिलेको सरकारले बुझेको छ । विगतमा हामी अविकासको शिकार हुनुको कारण पनि यसलाई नबुझ्नु नै हो । हामीसँग जनशक्ति थियो, जमिन थियो र हामीले गर्नुपर्ने काम के हो भन्ने पनि थाहा थियो । तर, हामीले प्रविधिमा भर पर्न चाहेनौँ अथवा जानेनौँ । जसले गर्दा हाम्रो धेरै जनशक्ति अदक्ष रहने अवस्था रह्यो । नाफामा रहेका अदक्ष जनशक्तिलाई दायाँबायाँ गरेर जीविकोपार्जन गर्ने अवस्थामा पुग्यौँ । अब त्यो स्थितिबाट फर्कनुपर्दछ । नेपाललाई आउने दश वर्ष पुनर्निर्माणको वर्ष भनिरहँदा पुँजी, प्रविधि र जनशक्ति सँगसँगै जोडेर लैजानुपर्छ भन्ने हामीलाई लाग्छ ।

‘विगतमा पनि सपना थिए । सपना मरेका थिएनन्, मुर्छित थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले मुर्छित सपनालाई जगाउने काम गर्नुभयो । पहिले सपना जगाउँदा कतिपयले यसलाई उडन्ते कुरा पनि भने । तर, सपनालाई व्यवहारमा उतार्ने प्रयत्न सुरु भयो, त्यसपछि बल्ल ती मान्छेले पनि महसुस गर्न थाले होलान् । प्रधानमन्त्री रातदिन लागिराख्नुभएको छ । उहाँले यस सन्दर्भमा ट्वीट गर्ने क्रममा ‘सानै सही, नानो नै सही तर, हामीले ग¥यौँ’ भनेर युवा वैज्ञानिकहरूलाई हौसला दिनुभएको छ । यो भनेको, हाम्रो प्रधानमन्त्री सबै प्रतिभा अगाडि जाउन भन्ने चाहनुहुन्छ । जसले सपना देख्न थाल्छ, उसले नै त्यसपछि सिंगो राष्ट्रलाई सपना देख्न उत्प्रेरित गर्छ ।

 

नेपालले अन्तरिक्षमा भू–उपग्रह प्रक्षेपण गर्नुमा प्रधानमन्त्रीज्यूको विशेष रुचि र सम्बन्धित मन्त्रालयको नियमित कामले सफलता पाएको भन्दा हुन्छ । त्यसमाथि सबैको रुचि, सक्रियताकै कारण यो सफलता सम्भव भएको हो । यो टिमको कुरा हो । विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टको कार्ययोजनाअन्तर्गत नै यो अगाडि बढाइएको हो । त्यसैले यो टिमको कुरा हो । हाम्रो सरकार बन्नुअघिदेखि नै काम भइरहेको थियो । नाष्टमा रहेका प्राज्ञहरू, उत्साही युवाहरू लागिराख्नुभएको थियो । यद्यपि, हामी सरकारमा आएपछि यसले तीब्रता पाएको पक्कै हो । तर, वर्तमान सरकार बनेपछि भने प्रधानमन्त्रीको सक्रियता र चासोका कारण पनि त्यसले अलि बढी उत्साह पाएको हो ।

नेपाली भू–उपग्रह प्रक्षेपणको अघिल्लो दिन, भएपछि र डकिङसम्मको अवधिमा पनि प्रधानमन्त्रीले ट्वीटर ह्यान्डलबाट लगातार सूचना प्रवाह गरिरहनुभएको थियो । म स्मरण गर्न चाहन्छु, केही महिनाअघि स्विट्जरल्यान्डको डाभोसमा भएको कार्यक्रममा सहभागी हुन जाँदा त्यहाँ रहेका नेपाली वैज्ञानिकले भू–उपग्रहसम्बन्धमा कुराकानी गर्नुभएको थियो । जुरिचमा सेटलाइट स्पेशसँग कुराकानी गर्ने साथीहरू, सुपर कम्प्युटरमा संलग्न रहेका साथीहरू, जेनेभामा बिगब्याङ्ग थ्योरीमा काम गरिरहेका नेपाली वैज्ञानिक युवा साथीहरू सबैसँग प्रधानमन्त्रीज्यूले नेपालमा चाँडै युवा वैज्ञानिक सम्मेलन गर्छु भन्ने प्रतिबद्धता जनाउनुभएको थियो । जो–जो साथीहरू देशबाहिर रहेर ज्ञान प्राप्त गरिराख्नुभएको छ, उहाँहरू सबैलाई सहभागी गराएर सम्मेलनमा एउटा वृहत् छलफल गरौँ, कसरी हामी अगाडि जान सक्छौँ भन्ने विधि निकालौँ भन्ने उहाँको भनाइ थियो । त्यसक्रममा युवा वैज्ञानिक भाइहरूले भू–उपग्रहका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । त्यसैले प्रधानमन्त्रीमा त्यो रुचि थियो । त्यसोतः व्यवसायिक प्रयोजनका निम्ती अर्को ठूलो सेटलाइट निर्माणको काम पनि भइरहेको छ । अहिले प्रक्षेपण गरिएको सेटलाइट शैक्षिक काम गर्नका निम्ती मात्र हो । ठूलाठूला कामको योजनासहित सेटलाइट निर्माण, अर्थ स्टेशन निर्माणको गृहकार्य भइरहेको छ । त्यसमा लगानी जुटाउने सम्बन्धमा प्रधानमन्त्रीले सकारात्मक जवाफ दिइसक्नुभएको छ ।

यो देशमा प्रधानमन्त्री पहिले पनि थिए । नाष्ट पहिले पनि थियो । वैज्ञानिकहरू पहिले पनि थिए । तर, मुलुकले गर्न गर्न लायक यस्तो अवसर सिर्जना भएको त थिएन । हिजोआज हामी अक्सर एउटा वाक्य प्रयोग गर्छौँ, ‘विगतमा पनि सपना थिए । सपना मरेका थिएनन्, मुर्छित थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले मुर्छित सपनालाई जगाउने काम गर्नुभयो । पहिले सपना जगाउँदा कतिपयले यसलाई उडन्ते कुरा पनि भने । तर, सपनालाई व्यवहारमा उतार्ने प्रयत्न सुरु भयो, त्यसपछि बल्ल ती मान्छेले पनि महसुस गर्न थाले होलान् । प्रधानमन्त्री रातदिन लागिराख्नुभएको छ । उहाँले यस सन्दर्भमा ट्वीट गर्ने क्रममा ‘सानै सही, नानो नै सही तर, हामीले ग¥यौँ’ भनेर युवा वैज्ञानिकहरूलाई हौसला दिनुभएको छ । यो भनेको, हाम्रो प्रधानमन्त्री सबै प्रतिभा अगाडि जाउन भन्ने चाहनुहुन्छ । जसले सपना देख्न थाल्छ, उसले नै त्यसपछि सिंगो राष्ट्रलाई सपना देख्न उत्प्रेरित गर्छ । ‘टिबिएम मेसिन’ पहिले नै आइसकेको थियो । तर, किन पहिलेकाले उत्साहित गर्न सकेनन् । र, प्रधानमन्त्री आफैँ गएर दुई–दुईजना राजदूतसमेत राखेर भेरी–बबाई डाइभर्सनको ‘टनेल’ ब्रेक थ्रु गर्नुप¥यो । खुसी हुनेले त्यसलाई आधा भरिएको ठाने । चिनियाँ शैलीको चमत्कार भयो पनि भने । जसलाई यसमा पनि दुष्ट्याइँ गर्नु थियो, तिनले सुरुङ बनाएर मात्र के गर्नु त्यसमा पानी नै छिरेको छैन पनि भने । हामी एकपछि अर्को यो ढंगको परिणाम आउने काम गर्न खोजिरहेका छौँ । वर्तमान प्रधानमन्त्री सपनाद्रष्टा हुनुहुन्छ र ती सपना व्यवहारमा लागू गर्ने क्रियाशील हुनुहुन्छ ।

काम गर्नेले आलोचनासँग डराउनु हुँदैन । जानीजानी गल्ती गर्नु हुँदैन । तर, काम गर्दै जाँदा कहिले काँही गल्ती हुन्छ । त्यसलाई विनम्रतापूर्वक स्वीकार्नुपर्छ । यहाँलाई म एउटा उदाहरण दिन्छु, हामीले भेरी–बबई डाइभर्सनको सुरुङ ब्रेक थ्रु गर्न ‘टनेल बोरिङ मेसिन–टिबिएम’ नाम गरेको जुन मेसिन प्रयोग ग¥यौँ, त्यो मेसिन बिचित्र चरित्रको मेसिन हो । त्यो मेसिन प्रयोग गरेर सुरुङ खन्दा अलिकती पनि तलमाथि हुनु हुँदैन किनभने त्यो मेसिन पछाडि हट्न जान्दैन । नापजाँच मिलेन भने त्यो मेसिन न अघि बढ्छ, न पछि हट्छ, बीचमै रोकिने अवस्था आउँछ । तर पनि प्राविधिकहरू जोखिम मोल्न तयार हुन्छन्, र थ्रो गर्दा खुसी मनाउँछन् । ठीक त्यस्तै प्रधानमन्त्रीलगायत राजनीतिक नेतृत्वले काम गर्दा उहाँहरूले सपना देख्ने हो । यसरी जाने भन्ने हो । स्वभाविक रूपमा त्यसमा आलोचना आउँछ । तर, आलोचनासँग डराउनु हुँदैन । कहिले कहिले नापेतौलेको कुरा पनि मिल्दैन, त्यस्तो बेला विनम्रता देखाए त भइहाल्छ नि भन्ने मलाई लाग्छ । अहिले हामीले राजनीतिक हिसावले हेर्दा केही शब्दावली प्रयोग गर्ने गरेका छौँ । विरोध होइन विकास, सुखी नेपाली समृद्ध नेपाल भन्ने गरेका छौँ । यसरी हेर्दा समृद्धिको यात्रामा जो जो लाग्छन्, राजनीतिक आग्रह, पूर्वाग्रहबाट मुक्त भएर तिनलाई बोकेर दौड्ने हो । विगतमा जसले ठूलो स्वरमा विरोध गर्न सक्थ्यो, त्यो नेता हुन्थ्यो । अब जसले सपना देख्न सक्छ र त्यसलाई पूरा गर्ने सामथ्र्य राख्छ, त्यो नेता हुन्छ । त्यसकारण अहिले हामील्े निर्माणको समयमा चाहिने नेतृत्वमा पाएका छौँ । त्योसँग बसेर काम गर्दा हामीलाई जोखिमको कुनै चिन्ता हुँदैन । प्रधानमन्त्रीले यो सपना देख्नुभएको छ । त्यसलाई पूरा गर्न हामीले जतिसक्छौँ, त्यति भरथेग गर्नुपर्छ भनेर हामी लागिरहन्छौँ । अहिले हाम्रो भूमिका पनि त्यही हो ।

गत फागुन ३ गते जतिखेर हामीले सरकार बनाएको एक वर्ष पूरा ग¥यौँ, त्यसपछि हामी आधार त तयार भयो । अब त्यो आधारमाथि काम गर्न पुँजी र प्रविधि चाहिन्छ भन्नेमा हामी पुग्यौँ । त्यसपछि हामीले लगानी सम्मेलन ग¥यौँ । अहिले हामी प्रतिबद्धता पत्रहरू प्राप्त गरिरहेका छौँ, लगानीकर्ताको इच्छाहरू बुझिरहेका छौँ । त्यसका आधारमा अब हामी प्रतिभा र कामको प्रवद्र्धन गर्छौं । हामीसँग रहेका नेपाली प्रतिभा कति छन् ? जस्तो हामीले रेलको कुरा गरिरहेका छौँ, सतह जलमार्गको कुरा गरिरहेका छौँ । पानीजहाजको कुरा गरिरहेका छौँ । पञ्चायतकालमा पनि राजाहरूले ठूलाठूला परियोजनाका लागि चाहिने जनशक्ति उत्पादन गर्न छात्रवृत्ति दिएर तालिममा पठाउने चलन थियो । कर्णाली–चिसापानी परियोजनाका लागि त पाँच सय इञ्जिनियरलाई त्यही बेला नै पढ्न पठाइएको थियो । अहिले हामी पनि यदि रेलको सपना देखिरहेका छौँ । पानी जहाजको सपना देखिरहेका छौँ भने त्यो परियोजनका लागि आवश्यक जनशक्ति निर्माण गर्न लाग्नुपर्छ । विदेश पठाएर पढाएर दक्ष जनशक्ति तयार पारेर ल्याउनुपर्छ भनेर सोच्दैछौँ । त्यसैले आउने वर्षमा यो जगमा टेकेर प्रतिबद्धता व्यक्त गरिएको लगानीलाई अझ बढी प्रभावकारी ढंगले प्रवद्र्धन गर्दै तय गरेका कार्यक्रम लागू गर्ने बाटोतिर जान्छौँ । राष्ट्रिय योजना आयोगले भरखरै बनाएको दीर्घकालीन सोचसहितको १५औँ योजनामा टेकेर आउने तीन वर्षसम्म गर्न सकिने सबै काम गर्छौँ । त्यसअवधिमा पूरा गर्न नसकिने कामलाई आगामी दिनमा पुनः निरन्तरता दिने गरी ठाउँ बनाएर जान्छौँ ।

पहिले र अहिलेको लगानी सम्मेलनमा धेरै भिन्नता छ । पहिलेको लगानी सम्मेलनमा हामीले प्रतिबद्धता मात्र खोजेका थियौँ । अहिले हामीले शोकेशमा परियोजना राखेरै लगानीका लागि आह्वान गरेका हौँ । त्यसो गर्दा अहिले १७ वटा परियोजनाका लागि ३१ वटा कम्पनीले हामी काम गर्छौँ भनेर आशय जनाउनुभएको छ । बिहीबार बसेको लगानी बोर्डको बैठकमा प्रधानमन्त्रीज्यूले त्यो समय अलिकती बढाउन निर्देशन दिनुभएको छ । हामी शोकेशमा राखिएका परियोजनामा को–को आउन सक्छन्, कुन तरिकाले लगानी गर्न चाहन्छन् भनेर वातावरण बनाउन लागिपरेका छौँ । तुलना गर्दा पहिलेको तुलनामा प्रतिबद्धता अहिले साँघुरो देख्नुहुन्छ । पहिले परियोजना छुट्याइएको थिएन । सबैलाई एउटै बाकसमा राखिएको थियो । खल्तीमा पैसा हुनेहरू लगानी गर्छु भन्थे । तर, उपयुक्त लगानीको परियोजना छनोट गर्नै सक्दैनथे । अहिले पहिले नै परियोजना छनोट गरेर शोकेशमा राखिएको छ । लगानीकर्ता आफैँलाई परियोजना छान्ने हक दिएका छौँ । अन्तिम निर्णय त सरकारले नै गर्ने हो तर लगानी गर्न चाहनेले आफ्नो रुचि, क्षमताअनुसारको लगानी गर्न सक्छ । यसरी हामी जान खोजिरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस्