Logo
Logo

जापान सरकारबाट एम्बुलेन्स हस्तान्तरण



काठमाडौं । नेपालका लागि जापानका राजदूत किकुता युताकाले एक समारोहबीच स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई ६ वटा अत्याधुनिक एम्बुलेन्स हस्तान्तरण गर्नुभयो । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले उक्त एम्बुलेन्स आज सोमबार बिहान नेपाल एम्बुलेन्स सर्विसका अध्यक्ष डा. प्रदीप वैद्यलाई हस्तान्तरण गर्नुभयो ।

नेपाल एम्बुलेन्स सर्विसले दश वर्षदेखि काठमाडौं महानगरपालिकासँगको सहकार्यमा काठमाडौं, भक्तपुर, ललितपुर, बुटवल र नारायणगढमा निःशुल्क सेवा दिएको छ । नेपाल एम्बुलेन्ससँग ६ वटा नयाँ एम्बुलेन्ससहित सत्रवटा एम्बुलेन्स छ । संस्थाका उपाध्यक्ष शारदाभक्त रञ्जितका अनुसार १०२ नम्बर फोनमा डायल गर्नासाथ एम्बुलेन्स सर्विस सम्पर्कमा आउँछ । एम्बुलेन्समा आकस्मिक सेवाका लागि सहायक चिकित्सकको व्यवस्था पनि गरिएको छ ।

कोभिडका बेला यस संस्थाले ७ हजार बिरामीलाई सेवा प्रदान गरेको थियो । संस्थाद्वारा सञ्चालित ६ वटा एम्बुलेन्समा भेन्टिलेटर जडान गरिएकोले कोभिडका बिरामीलाई सुविधा भएको थियो । रोचक कुरा त के भने, यस १० वर्षमा गर्भवती महिलाहरुलाई अस्पताल लैजाने क्रममा ५९ जना बच्चा एम्बुलेन्सभित्रै जन्माएका थिए । ती सबै शिशु र आमाको स्वास्थ्य राम्रो छ । एम्बुलेन्सभित्र प्राथमिक उपचार, उपकरण र सहायक चिकित्सक भएकोले बिरामीहरुका लागि यो सेवा उपयोगी भएको छ ।

प्रतिक्रिया दिनुहोस्