Logo
Logo

अन्ततः साम्राज्ञी पनि म्युजिक भिडियोमा (भिडियोसहित)



काठमाडौं । अभिनेत्री साम्राज्ञी शाह एउटा म्युजिक भिडियोमा देखिएकी छन् । म्युजिक भिडियोमा अभिनय नगर्ने बताउँदै आएकी साम्राज्ञी अन्ततः भिडियोमा काम गर्न बाध्य भएकी छन् । उनी अभिनीत ‘माया पिरेम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा साम्राज्ञीसँग अर्की मोडल अलिशा शर्माले पनि अभिनय गरेकी छन् ।

कोरोना महामारीसँगै फिल्म क्षेत्र थलिएपछि धेरै कलाकार बेरोजगार भएका छन् । अन्य क्षेत्र सामान्य अवस्थामा आइसकेको भएपनि फिल्म क्षेत्र अझै चल्मलाउन सकेको छैन । यसैबेला कुनै समय म्युजिक भिडियो भन्नेवित्तिकै तर्किनेहरुसमेत धमाधम भिडियोमा देखिन थालेका छन् ।
केही दिनअघि मात्र अभिनेता अनमोल केसी एउटा म्युजिक भिडियोमा देखिएका थिए । यसअघि अनमोलले पनि म्युजिक भिडियो नगर्ने बताउँदै आएका थिए ।

यस्तै, अहिले साम्राज्ञीले ‘माया पिरेम’ बोलको गीतमा कम्मर मर्काएकी छन् । ट्री एन्टरटेन्मेन्टको प्रस्तुति रहेको उक्त गीतलाई विश्व नेपाली र अस्मिता परियारले गाएका हुन् । डीपी खनालको शब्द र शंकर स्माइलले संगीत गरेको उक्त गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्