Logo
Logo

शाहरुख खानको छोरा आर्यन जेलमा



काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको छोरा आर्यनलाई जेलमा राखिएको छ । उनलाई आर्थर रोड जेलमा राखिएको हो । किला अदालतमा सुनुवाई चलिरहेको समयमा नै एनसीबीका अधिकारीहरुले आर्यनलाई जेल लगेका थिए ।

अदालतले जमानत खारेज गरेपछि उनीहरु जेलमा नै बसेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार ​आर्यनसहित अन्य आरोपीहरुलाई पनि जेलको पहिलो तलामा ब्यारेक नम्बर १ मा राखिएको छ ।

अहिलेसम्म कुनै पनि आरोपीलाई त्यहाँको पोशाक दिइएको छैन । सबैलाई ५ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ । उनीहरुलाई कोरोना परीक्षण गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्