Logo
Logo

विष्णु इङ्नामको ‘हङकङ सिटी’ सार्वजनिक (भिडियो)



काठमाडौं । गीतकार विष्णु इङ्नाम लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ ।

लामो समयदेखि हङकङमा बस्दै आएका गीतकार इङ्नामले यसपटक हङकङकै परिवेशलाई समेटेर ‘हङकङ सिटी’ बोलको गीत तयार गरेका छन् । जुन गीतको भिडियो सोमबार गीतकार इङ्नामकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

‘हङकङ सिटी’ गीतको भिडियोलाई पछिल्लो समय व्यस्त निर्देशनमा रहेका रणवीर शेर्मा (रवि शेर्मा)ले निर्देशन गरेका हुन् । नेपालमै छायांकन गरिएको भिडियोमा तान्छोहाङ इङ्नाम, लक्ष्मी योङहाङ लिम्बू र नीतु मादेनले अभिनय गरेका छन् ।

‘हङकङ सिटी’मा स्वर तथा संगीत साक्थिम योङ्याको रहेको छ । चन्दु गोर्खालीको एरेञ्ज, सामुइल लामाले नृत्य निर्देशन रहेको छ भने छायाँकन र सम्पादन इशक जबेगुले गरेका हुन् ।

गीतसंगीतप्रति लगाव राख्दै आएका गीतकार इङ्नामको यो पछिल्लो गीतको भिडियो हो । यसअघि उनका थुप्रै गीत तथा भिडियो दर्शक तथा श्रोतमाझ आइसकेको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्