Logo
Logo

गौसलामा पिपलको रुखमा झुण्डिएको अवस्थामा शव फेला


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ बैशाख । काठमाडौँको गौशालास्थित पिपलको रुखमा झुण्डिएको अवस्थामा एकजनाको शव फेला परेको छ । बिहीबार (आज) बिहान करिब ७ बजेतिर पिपलको रुखमा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी वृत गौशालाका अनुसार उक्त शब खोटाङ घर भइ हाल काठमाडौं महानगरपालिका–६ बौद्ध बस्दै आएका अन्दाजी ३५–४० वर्षका आङ दावा शेर्पाको हो । शेर्पाको हत्या वा आत्महत्या के हो भन्ने स्पष्ट नभएको र थप अनुसन्धान भइरहेको गौसला प्रहरीका प्रमुख डिएसपी सुनिल मल्लका प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्