Logo
Logo

सिभिल सहकारीबाट रकम झिक्नेको भीड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ बैशाख । सिभिल सेभिङ एण्ड को–अपरेटिभ लिमिटेडको सोल्टीमोडस्थित केन्द्रिय कार्यालयमा बिहीबार रकम झिक्नेको ग्राहकको भीड देखिएको छ । ‘सिभिल सहकारी वित्तिय जोखिम’मा शीर्षकमा बिहीबार कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेपछि सहकारीका ग्राहक एवं बचतकर्ता आफ्नो पैसा डुब्ने डरले रकम झिक्न थालेका हुन् ।
सहकारीको सञ्चालकहरुको स्वार्थका कारण बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ जोखिममा परेको समाचारमा उल्लेख गरेसँगै बचतकर्ताहरु बिहानै त्यहाँ पुगेका थिए । सिभिल सेभिङ एण्ड को–अपरेटिभ लिमिटेडले ८ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रभाव गरको सहकारी विभागलाई उदृत गर्दै का कान्तिपुरले समाचार छापेको छ । सिभिल समूहका तीन वटा कम्पनीलाई मात्र कुल ७ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ दिइएको जनाइएको छ । यो कुल कर्जाको ८८ दशमलव ९३ प्रतिशत हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्