Logo
Logo

भेनेजुएला प्रकरणमा अमेरिकी प्रशासन विभाजित


- दृष्टि न्युज/संवाददाता


वासिंगटन, १९ वैशाख (सिन्ह्वा) । भेनेजुएलामा जारी राजनीतिक विद्रोहमा अमेरिकाले सैनिक हस्तक्षेप गर्ने भनिएको विपषयमा यहाँका अधिरकारीहरुको मत विभाजन भएको छ ।
बताइएअनुसार यहाँ सैनिक हस्तक्षेप गर्नेबारेमा ठोस निर्णय हुन सकेको छैन । केही अधिकारीले यहाँ राजनीतिक समाधानमा जोड दिएका छन् भने कतिपय अधिकारीहरु भने यहाँको विवाद समाधानका लागि अमेरिकाले सैनिक पठाउनुपर्ने धारणा पनि राखेका छन् ।
बुधबारका अमेरिकी छापाहरुमा यस विषयमा अमेरिकी प्रशासन राष्ट्रिय सहमतिमा पुग्न नसकेको भनी विभिन्न समाचर टिप्पणीहरु आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यहाँ अमेरिकी सैन्यबलमार्फत हस्तक्षेप गर्न सकिने इच्छा व्यक्त गरेको उहाँका एकजना पूर्व सहयोगीले जनाएका छन् ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अझै पनि भेनेजुएलामा शान्तिपूर्ण समाधानकै आवश्यकता रहेको बताउँछन् । उनले भेनेजुएलाको अहिलेको राजनीतिक संकट शान्तिपूर्ण रुपमा नै समाधान होस् भन्ने चाहना धेरैको रहेको बताए ।

तर उनले सैन्य कारबाहीलाई पनि नकारेका छ्रनन् । यो संकटको समाधान शान्तिपूर्ण रुपमा नै निस्कियोस् भन्ने चाहना त धेरैको छ नै तर पनि यसबाट सम्भव नभएमा सैनिक कारबाही पनि असम्भव छैन उनको भनाई छ । केही महिनाअघि अमेरिका र अन्य पश्चिमा राष्ट्रहरूले भेनुजुएलाका विपक्षी नेता हुवा ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएका थिए । यो उनीहरुको अकस्मात निर्णय आएपछि त्यहाँको राजनीतिक संकट झन् गहिरिएको हो ।
त्यसयता यहाँको राजनीति झन्भन्दा झन जटिल बन्दै गएको छ । विपक्षी नेता ग्वाइदोले राष्ट्रपति निकोलास मडुरोलाई सत्ताबाट हटाउनुपर्ने मा राख्दै आन्दोलन थालेका छन् । अहिले आएर उनले हालैमात्र नेता मडुरो सत्ताबाट नहटुन्जेल शृंखलाबद्ध रुपमा आम हड्तालको आह्वान गरेका छन् ।
शुरुमा विपक्षी नेता ग्वाइदोले सैन्य विद्रोह गराउन रचेको योजना विफल भएपछि उहाँले सरकारका विरुद्धमा आमहड्ताल थाल्नुभएको हो ।
उक्त सैन्य विद्रोह कार्य विफल भएपछि राजधानीमा भेला भएका हजारौँ प्रदर्शनकारीलाई सम्बोधन गर्दै उनले अबको चरणमा सरकारी कर्मचारी हडतालमा सामेल हुने बताएका थिए । यो विद्रोह यस साता थप चर्किएको छ । विपक्षीहरुले सडकमा प्रदर्शन गरेका छन् र राष्ट्रपति निकोलास मडुरो नहट्दासम्म यो आन्दोलन जारी रहने बताएका छन् ।
यस विषयमा अमेरिकी रक्षामन्त्रालय पेन्टागनले कुनै निर्णय गरेको छैन । साथै तर यसका लागि अर्थात भेनेजुएलामा सैनिक हस्तक्षेपका लागि आफूहरुले कुनै तयारी भने नथालेको उसले बताएको छ । यस देशमा यतिखेर यहाँका दुवै जना नेताहरु वर्तमान राष्ट्रपति मडुरो र विपक्षी नेता ग्वाइदो दुवैको आफू नै यहाँको संवैधानिक राष्ट्रपति भएको दाबी छ ।
ग्वाइदोले राजनीतिक विद्रोहमार्फत आफूलाई नै अन्तरिम राष्ट्रप्रमुखका रुपमा स्वघोषणा गरेका थिए । तर त्यसलाई सरकारले मान्यता दिएको छैन । त्यसपछि उनका विरुद्धमा सरकारले कारबाही थालेको छ । हाल यहाँको सरकारले उनको सम्पत्ति रोक्का गरेको छ र देश छाड्न समेत प्रतिबन्ध लगाइएको थियो । तर सरकारको त्यस घोषणाको उल्लंघन गर्न र मडुरोविरुद्धको आन्दोलनमा विदेशी समर्थन जुटाउन ग्वाइदोले दुई महिना अघिमात्र ल्याटिन अमेरिकी देशहरुको भ्रमण गरेका थिए । उनलाई सरकारले पक्राउ गर्ने भनेको भए पनि त्यसै त्रासकैबीच गत मार्च महिनामा उनी स्वदेश फर्किएका थिए ।

ग्वाइदोले आफू स्वदेश फर्किने बताएपछि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले ग्वाइदोको सुरक्षा सुनिश्चित हुनुपर्ने माग गरेका थिए । उनले ग्वाइदोलाई असुरक्षाको महसुश हुन दिन नहुने भन्दै मदुरो प्रशासनलाई सचेत समेत गराएका थिए ।
केही वर्षयता देखि यस देशले चरम आर्थिक सङकट खेपिरहेको थियो । आर्थिक समस्याबाट गुज्रिएको भेनेजुएलामा केही महिनायता आएर राजनीतिक संकट पनि थपिएको छ । ग्वाइदोको आफै अन्तरिम राष्ट्राध्यक्ष बनेको स्वघोषणालाई अमेरिका, ब्रिटेन तथा ल्याटिन अमेरिकाका अधिकांश देशसहित विश्वका करिब ५० राष्ट्रले समर्थन गरेका छन् ।
त्यसैगरी उता वर्तमान राष्ट्रपति मडुरोलाई पनि रुस र चीनको समर्थन छ । त्यसैगरी उनलार्ई देशभित्रैका वरिष्ठ सैनिक अधिकारीहरुको पनि समर्थन रही आएको छ ।

प्रतिक्रिया दिनुहोस्