Logo
Logo

‘बनिबनाउ घरको नाममा केही साथी दास बन्दै हुनुहुन्छ’



Ram Kumari Jhakri

गुल्मी । सहरी विकासमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको टिप्पणी गरेका छन् ।

सोमबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित एकीकृत समाजवादीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले जनतालाई धोका दिएर केही नेताहरु एमालेको घरमा दास बन्दै गरेको टिप्पणी गरेका हुन् ।

संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिए पनि केपी ओलीले संविधानलाई नै मिचेको उनको आरोप थियो ।

एउटा व्यक्तिको सनकको भरमा पटक–पटक संसद् विघटन गर्ने प्रथाको आफूहरुले विरोध गरेको उनले बताए । यसो गर्दा ओलीको नजरमा आफूहरु नराम्रो भएकाले त्यहाँबाट निस्केर छुट्टै कम्युनिष्ट पार्टी स्थापना गरेको उनले स्पष्ट पारे ।

अहिलेको कम्युनिष्ट पार्टीमा सबै अट्नसक्ने उनको दावी रहेको छ । आफूहरुले लगातार निर्वाचन जिते पनि उपलब्धि धेरै नभएकाले अब परिणाम देखिने गरी काम गर्नुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्