Logo
Logo

ओलीको पालामा नियुक्ति पाएका तीन जना एकैपटक बर्खास्त



काठमडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन निकायका पदाधिकारीलाई बर्खास्त गरेको छ ।

सरकारले राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष देवराज रोका र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश शिलवाललाई एकैपटक बर्खास्त गरेको हो ।

ढुंगेल, रोका र शिलवाललाई केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो । सरकार परिवर्तन भएसँगै उनीहरुलाई सरकारले बर्खास्त गरेको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले यसअघि नै ओली सरकारले गरेका संवैधानिक आयोगका नियुक्तिहरु खारेज गरिसकेको छ । त्यसै गरी विभिन्न देशका राजदूत फिर्ता बोलाइसकेको छ भने विभिन्न निकायका प्रमुख तथा पदाधिकारीलाई बर्खास्त गरिसकेको छ ।

वर्तमान सरकारले ओली सरकारको पालामा राजनीतिक नियुक्ति पाएका अन्य व्यक्तिहरुलाई पनि बर्खास्त गर्ने तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्