Logo
Logo

पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य बढ्याे


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २० वैशाख ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार शुक्रबार राति १२ बजेदेखि बढेको मूल्य लागू भएको हो । पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलमा १ र १ रुपैयाँ मूल्य बढेको छ । काठमाण्डौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रतिलिटर १११ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य ९८ रुपैयाँ कायम भएको छ ।

१८ वैशाखमा भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्य सूची बढेर आएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्