Logo
Logo

वर्षाले डुबायो धान



कपिलवस्तु नगरपालिका–२, सेमरहवामा सोमबार डुबेको धानबाली स्याहार्दै कृषक । तस्बिर : मनोज पौडेल/कान्तिपुर

काठमाडौं । अन्न भण्डार मानिने तराईका जिल्लामा दुई दिनयताको अविरल बेमौसमी झरीले धान बाली खेतमै डुबाएको छ ।

दसैं सकिएसँगै धान भित्र्याउन खेतमा पसेका किसान बेमौसमी वर्षाले समस्यामा परेका छन् । पहाडी जिल्लाका सिँचाइ हुने खेत र तराईका फाँटमा धान पाक्न सुरु भएको छ ।

आइतबारदेखिको निरन्तर वर्षाले खेतमा बाला झुलेर काट्न तयार भएका धानका बोट लडेर पानीमा डुबेका छन् । काटेर भित्र्याउन ठिक्क पारेको धान खेतमै डुबेको छ ।

बेलामा मल, बीउ र सिँचाइको असुविधाका बीच यो वर्ष बर्खामा नियमितजसो वर्षा भएकाले उत्पादन बढ्ने आसमा रहेका किसानलाई बीउ नै मासिने चिन्ता बढेको छ । बर्खामा डुबान र कटानको समस्या झेल्दै आएका किसानलाई बेमौसमी वर्षाले धान खेतीको लगानी समेत नउठ्ने चिन्ता थपेको छ ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्