Logo
Logo

प्रधानमन्त्री ओलीले कम्बोडिया र भियतनाम जाँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २० वैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण पूर्वी एसियाका दुई देशको औपचारिक भ्रमण गर्ने भएका छन ।

प्रधानमन्त्रीले यही वैशाख २६ देखि जेठ १ गतेसम्म कम्बोडिया र भियतनामको भ्रमण गर्ने निश्चित भएको छ । भियतनाम र कम्बोडियाका प्रधानमन्त्री क्रमशः न्वेन सिएन फुक र हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओलीले ती देशको भ्रमण गर्ने कार्यक्रम बनेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता गर्ने भियतनाम भ्रमणका क्रममा यस्तो सम्झौता गर्ने तयारी गरिएको हो । ‘प्रधानमन्त्रीज्यूको भ्रमणका क्रममा हवाई सहित केही महत्वर्पूण सम्झौता हुँदैछ, हवाई सम्झौतासँगै त्यहाँका बुद्धधर्मावालम्बी नेपाल आउन सहज हुनेछ, यसले नेपाल भ्रमण वर्षलाई सकारात्मक टेवा दिनेछ’–भ्रमणबारे सञ्चारकर्मीलाई जानकारी दिदै रराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हिजो विहिवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्