Logo
Logo

काठमाडौंको पिच सडकमै पल्टियो बस, १८ घाइते


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० बैशाख । काठमाडौंको पिच सडकमै आज शुक्रबार बिहान बस दुर्घटना भएको छ । चाबहिल–जोरपाटी–साँखु सडकखण्डअन्तर्गत बौद्ध टुसालमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
आलापोटबाट रत्नपार्क आउँदै गरेको साँखु गणेश भैरव यातायातको बा ४ ख ५९३२ नं को बस बिहान साढे ९ बजेतिर पिच सडकमै दुर्घटना भएको बौद्ध प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार बस अनियन्त्रित भएर पीच सडकमै पल्टिएको थियो । के कारण दुर्घटनाको भयो भन्ने अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्