Logo
Logo

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक


10.5k
Shares

काठमाडौं । लगातारको वर्षा पछिको बाढी पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति भएछि प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ । बैठकमा बाढीपहिरोले देशभर पुर्याएको क्षतिका विषयमा छलफल हुने सचिवालयले बताएको छ । बाढी तथा पहिरो पीडितलाई उद्धार, राहत र पुनःस्थापना लगायतका विषय सरकारले विशेष निर्णय गर्ने छ ।

मन्त्रिपरिषदको बैठक अगाडि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बस्नेछ ।

लगातारको वर्षाका कारण देशभरको जनजीवन प्रभावित छ । देशभर ५० जना भन्दा धेरैको मृत्यु भइसकेको छ । धेरै मानिस बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्