Logo
Logo

तराईमा हावाहुरी, चट्याङबाट वडा सदस्यसहित २ गम्भीर घाइते


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० बैशाख । तराईका विभिन्न जिल्लामा हावाहुरीले प्रभावित भएको छ । त्यसैक्रममा चट्यांङ लागेर वडा सदस्यसहित २ जना गम्भीर घाइते भएका छन् ।
नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ जिल्लामा बिहानैदेखि हुरी बतास चलेको छ । हुरीका कारण जनजीवन प्रभावित बनेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार हावाहुरी र चट्याङले दाङको राजपुर गाउँपालिका वडा नं. १ गुरुङखोला स्थित ज्योति आधारभुत विद्यालय, राजपुर ६ खांग्रास्थित सामुदायिक स्वास्थ्य चौकीसहित ११ घरमा क्षति गरेको छ । बिद्यालयको जस्तापाता उडाएको र बरण्डाको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
त्यस्तै गढवा गाउँपालिका १ कटबेरवा बस्ने गीता सार्कीको कच्ची घर भत्किदा एकलाख ७५ हजार, सोही ठाउँकी चन्द्रकला बिसीको कच्ची घरको देवाल भत्किँदा एकलाख, सोही ठाउँका बासुदेव डाँगीको भान्साघरको जस्तापाता उडाउँदा २५ हजारबराबरको क्षति भएको उनले बताए ।
यस्तै, नवलपरासीमा चट्याङ लागेर वडा सदस्यसहित दुई जना घाईते भएका छन् । भीषण हावाहुरी तथा वर्षाको समयमा खेतमा काम गर्न गएकी प्रतापपुर गाउँपालिका वडा नं ६ की महिला वडा सदस्य सहिदुन निशा गम्भिर घाइते भएकी छन् भने उनको छोरा भुलई अन्सारी समान्य घाइते भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्